आर्थिक

चमेलिया जलविद्युत आयोजनाको ड्राई परीक्षण दुई दिन पछी मात्रै गरिने

दार्चुला, ०७ जेठ  । दार्चुलाको शिखरमा निर्माण भइरहेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले शनिबार गर्ने भनिएको ड्राई परीक्षण दुइ दिन पर सरेको छ । यसअघि २० मे अर्थात ६ जेठदेखि गर्ने भनिएको ड्राइ परीक्षण सोमबारलाई सरेको हो । शुरुको लक्ष्य जेठ १ देखि सुरु गर्ने लक्ष्य राखिएको थियो । अहिले कोरियन प्राविधिकहरू आउन ढिला भएपछि थप २ दिन मिति सारिएको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभयो । कोरियन प्राविधिकहरु शनिबार मात्र काठमाण्डौ पुग्दैछन ।

 

उनीहरु आयेजनास्थल सम्म पुग्न दुइ दिन लाग्ने भएको कारण मिति सारिएको हो । ड्राई टेस्टको क्रममा निर्माण पूरा भएका सबै उपकरणहरू ठीक अवस्थामा भए नभएको बारे परीक्षण हुने दाहालले बताउनुभयो । चमेलिया जलविद्युत आयोजना २०६४ सालमा चाइना गेजुवा गु्रप अफ पावर कम्पनी सीजीजीसी ले निर्माण गरिरहेको छ । आयोजनाको सुरुको लागत ८ अर्ब ५४ लाख रहेकोमा हाल बढेर १५ अर्ब नाघेको छ ।
 

<