बेलौरी खबर

३३ वर्ष पहिले परदेशिएका मगर भन्छन्, आफन्तले चिन्ने होइनन् आफ्नो गाउँ जाउँकी नजाउँ ? ..... ।।

८ बर्षको उमेरमा ३३ वर्ष पहिले परदेशिएका डोटीका एक युवाले नेपाल फर्किएको ३ महिना बितिसक्दा पनि अझै जन्मभुमि फर्किने मेसो पाएका छैनन् । कक्षा २ पढ्दै गर्दा डोटी जिल्लाको तत्कालिन केदारमाण्डौँ गाविस जयनाडा गाउँ घर भएका उनी बुवा दल बहादुर मगर रहेको र आफ्नो नाम शेर बहादुर मगर भएको बताउँछन् । उनी भन्छन्, आफन्तले चिन्ने होइनन् आफ्नो गाउँ जाउँकी नजाउँ ?, आफु ४२ वर्षको भएको बताउने मगरले नेपाली नागरिकता बनाउन चाहेको बताएका छन् । नागरिकता बनाउने भए बुवा आमा भेट्न डोटी जानू पर्यो, घर जाने मन लाग्दैन ? भन्ने प्रश्नको जवाफमा कागलाइ बेल पाक्यो हर्ष न बिस्मात, भन्ने जस्तो प्रसंग उल्लेख गर्छन् । 

 


एक दिदी, ४ बहिनी र आफू एक्लो भाइ भएको बताउदै उनले भने नागरिकता त बनाउने इच्छा छ तर बुवा आमा जिउदै छन् या छैनन्, म आफै आफन्त र गाउघँर चिन्दैन होला ,गएर पो के गर्नु उनको जबाफ थियो । घर छोडेपछी ३ महिना दिपायलको पिपल्ला बजार र ३ महिना फल्टुडेमा काम गर्दै ८ वर्षको उमेरमा परर्देिशएका मगर १२ वर्र्ष भारतको हिमाञ्चलमा काम गरेको तर रुपैँया नदिएकाले छोडेर गुजरात गएको उनले बताए । गुजरातमा रात पाली वाच मेनको काम गर्दा ६००० पारिश्रमिक पाए पनि आफुसंग अहिले रुपैया नभएर ३ महिना देखि बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर बजारमा ४ हजार पारिश्रमिकमा एक होटलमा काम गरिरहेको बताउछन् । फूपू फुपाजुको नाम थाहा नभएको तर चौमाला बस्ने बताउने उनले सायद आफन्तले थाहा पाई लिन आए घर जाने र नेपाली नागरिकता बनाउने मनसाय देखाएका छन् ।
 

<