कृषि

आरक्ष शिविरमा गहुँ चुट्न नदिने समस्या तुरुन्त हल हुन्छ ः मन्त्री बिना मगर ।।

कञ्चनपुर, २० चैत्र ।
कञ्चनपुरको लालझाडी गाउँपालिका ६ ढक्का स्थित आरक्ष विस्थापित शिविरमा देखिएको गहुँ चुट्ने समस्या तुरुन्त हल हुने मन्त्री बिना मगरले आश्वसन दिनुभएको छ । तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको बसोबास रहेको ढक्का शिविरमा पुगेर मन्त्री मगरले आफूले वन मन्त्री शक्ति बस्नेत संग कुराकानी गरिसकेको र समस्या तुरुन्त हल हुने बताउनुभयो । 

 


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रुपान्तरण भएपछि निकुञ्ज क्षेत्रभित्र मेसिनले गहुँ चुट्न नपाइने भन्दै प्रशासनले अवरोध गरिरहेको छ । तत्कालीन आरक्षबाट विस्थापित भएका परिवार स्थायी व्यवस्थापन नभएसम्मका लागि निकुञ्जकै ढक्का शिविरमा बसिरहेका छन् । आरक्ष विस्थापित समस्या समाधानका लागि सरकारले २९ वटा आयोग गठन गरेपनि समस्या समाधान हुन सकेको छैन ।

 


आरक्ष शिविरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले शिविरको समस्याबारे आफु जानकार रहेको उल्लेख गर्दै गहुँ चुट्ने समस्या समाधान गरेर मात्रै नहुने र यसको दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताउनु भयो । आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले समस्याको स्थायी समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

<