ताजा खबर

बेलौरी खबर

जनतालाई सास्ती नहुने गरी हुलाकी सडकको काम गर्न मन्त्री बिना मगरको निर्देशन ।।

कञ्चनपुर, २० चैत्र ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले हुलाकी सडकको निर्माण कार्य गर्दा जनतालाई सास्ती नहुने गरी तीब्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ । सडक निर्माणमा भइरहेको ढिलासुस्तीले जनतालाई सास्ती भइरहेको बताउदै मन्त्री बिना मगरले छिटो निर्माण सक्न निर्देशन दिनुभयो ।

 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले हुलाकी सडक आयोजना धनगढीका कर्मचारी र निर्माण व्यावसायीसंग छलफल गर्दै काममा ढिलासुस्ती गरे कारवाही हुने चेतावनी दिनुभयो । 

 


कञ्चनपुरको दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा रहेको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुलाकी सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि मन्त्री मगरले सम्बन्धित निकाय समक्ष छलफल गर्नुभएको हो । मन्त्री मगरले आगामी असारसम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र हिलो हुन नदिने उपायका बारेमा छलफल गर्नुभएको थियो ।

 

असारसम्म माटो फिलिङ र ग्राभेलिङको आधा काम गर्न सकिने निर्माण व्यावसायीले जनाएका छन् । छलफलमा निर्माण व्यावसायीले बजेटको समस्या र निकुञ्ज क्षेत्रमा काम गर्न भइरहेको अवरोधबारे गुनासो गरेका थिए । जवाफमा मन्त्री मगरले काम गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी आफ्नो भएको बताउनुभयो । 

<