ताजा खबर

कला / संस्कृति / साहित्य

‘तिमी मेरी बन्छौ भने’ गीत छोटो समयमा नै चर्चा कमाउन सफल ।।

नव उदयमान गायक धिरेन्द्र भण्डारीको पहिलो नयाँ गीत ‘तिमी मेरी बन्छौ भने’ छोटो समयमा नै चर्चा कमाउन सफल  भएको छ । केही दिनअघि मात्रै सार्वजनिक ‘तिमी मेरी बन्छौ भने’ बोलको गीतमा भद्र वोलीको लय र तेजेन्द्र विवश रावलको शब्द रहेको छ । गीतमा टीका पुन र धिरेन्द्र भण्डारीको आवाजमा रहेको छ ।

 

अनिश लामाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा चर्चित मोडल ऋचा थापा र दीपेन्द्र संज्यालको अभिनय रहेको छ । उक्त म्युजिक भिडियो विक्रम कार्कीले छायांकन गरेका हुन् । उक्त गीत उत्पादन तथा वितरण उग्रतारा डिजिटल म्युजिक प्रा.लि ले गरेको छ । मार्च १५ २०१८ मा म्युजिक नेपालको यु – टुव च्यानलमा अपलोड गरिएको ‘तिमी मेरी बन्छौ भने’ भिडियोलाई तीन दिन मै ५० हजार दर्शकले हेरिसकेका छन् ।
 

<