खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी सुदुरपश्चिमको टिम छनौट

कञ्चनपुर, ०७ जेठ । आगामी मंगलबारदेखी काठमाडौमा हुने सर्वाधीक राशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी सुदुरपश्चिमको टिम छनौट भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ९ गतेदेखि हुने प्रतियोगिताका लागी सुदुरपश्चिमको टिम छनौट भएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा व्याटीङ र बलीङमा अभ्यास गराएर ४ बैकल्पीक सहित १८ सदस्यीय टिम छनौट गरीएको हो ।

 

छनौटका लागी जिल्ला खेलकुद विकास समिती कञ्चनपुरले १४, कैलालीले २३, डडेल्धुराले ६, बैतडीले ९, दार्चुलाले ३, डोटीले १ र बझाङले २ जना खेलाडी सिफारीस गरेको थियो । यस्तै छनौट भएका खेलाडीका लागी शनिबार देखि बन्द प्रशिक्षणको व्यवस्था समेत गरीएको क्षेत्रीय खेलकुद विकास समितीका सदस्य घनश्याम भट्टले बताउनुभयो । फाप्ला क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरु भएको छ । प्रधानमन्त्री कपमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेछ ।

 

हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ भने प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेतालाई १० लाख पाउने छ । यस्तै सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०÷५० हजार नगद पाउने क्षेत्रीय खेलकुद विकास समिती धनगढीले जनाएको छ । म्यान अफ दि सिरिजलाई १ लाख पुरस्कार राखिएको छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०÷५० हजार पाउनेछन् भने उदयीमान खेलाडीले २५ हजार पाउनेछ । यो प्रतियोगितालाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि नेपाली टोली छनौटको आधार समेत बनाइने छ ।

<