ताजा खबर

बेलौरी खबर

बैतडी सदरमुकाम गोठलापानीमा बेवारिसे शिशुको शव फेला ।।

मोहन बहादुर चन्द, बैतडी, २९ फागुन । 
बैतडीको दशरथ चन्द नगरपालिका– ४ गोठलापानी आँखा अस्पताल छेउमा बेवारिसे शिशु (बालिका) को शव फेला परेको छ ।

 

सोमबार दिउँसो टाउको नभएको अवस्थामा शिशुको शव फेला परेको हो । शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

शिशु जन्मने वित्तिकै हत्या गरी फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्ने बारेमा केही खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडीको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।
 

<