बेलौरी खबर

प्रहरीद्वारा अबैध बोइलर कुखुरा बरामद ।।

दीपेन्द्र बस्नेत, कञ्चनपुर, २९ फागुन । 

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा सीमावर्ती भारतीय पोल्ट्रीफर्मबाट चोरी पैठारी गरि ल्याउदै गरेको सवा क्विन्टल बोइलर कुखुरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित आपतालबाट ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले अबैध कुखुरा बरामद गरेको हो । सिमावर्ती भारतीय बजार बसहीबाट ल्याइदै गरेको कुखुरा प्रहरीले बरामद गरेको हो । बरामद गरिएका कुखुरा खाल्टोमा गाडेर नष्ट गरिएको छ । 

 


सीमा पारीका भारतीय पोल्ट्री फर्मबाट अबैधानिक रुपले पैठारी गरी पुनर्वास र आसपासबाट बोइलर कुखुरा ल्याउने क्रम तिब्र बन्दै गए पछि नियन्त्रणमा ईलाका प्रहरी कार्यालय सकृय बनेको हो । बिगत देखिनै चोरीपैठारी बढेको पुनर्वास र आसपासका नेपाली बस्तीमा स्थानिय कृषकहरुले मासुजन्य पदार्थको उत्पादनका लागि सञ्चालन गरेका पोल्ट्री ब्यबसाय धरासायी बनेका थिए । खुला अबैध सीमा नाकाका कारण नियन्त्रणमा चुनौती देखिएको पुनर्वास र आसपासका क्षेत्रहरूका स्थानिय स्वदेशी उत्पादनको निम्ति समेत चुनौती बन्दै आएको छ ।
 

<