कृषि

महाकाली सुगर मिल र कृषि विकास शाखा बेलौरीको प्राविधिक सहयोगमा ई नर्सरी विधिवाट उखु खेती सुरु ।।

केशब भट्ट, कञ्चनपुर, २७ फागुन । 
बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली सुगरमिल  र कृर्षि विकास शाखा बेलौरीको प्राविधिक सहयोगमा बेलौरी नगरपालिका वडा नं. ६ हात्तीबोझाका एक किसानले आज १ विघा जमिनमा ई नर्सरी विधीवाट उखु खेती गर्नुभएको छ ।

 

 

नेपालमा पहिलो पटक प्रयोग गरीन लागीएको सि.ओ.०२३८ जातको उखु  ई नर्सरी विधीवाट लगाउदाँ २ देखी ३ क्विन्टल विउमा लगभग १२ हजार देखी १५ हजार सम्म वोटहरु उत्पादन हुने गर्दछ  । यस किसीमको उखुको विउ दोमट ,वलौटे र पानि नजम्ने स्थानमा रोप्नुपर्ने हुन्छ । 

 

यस प्रविधीमा विउ लगाउँदा वोटदेखी वोटसम्मको दुरी १.५ फिट हुनुपर्ने र लाईन लाईन विचको दुरी लगभग ३ फिट हुनुपर्ने बताइएको छ । सामान्य विधीवाट उखु रोप्दा जम्मा ६० देखी ६५ प्रतिशत उत्पादन हुने तर ई नर्सरी विधीवाट उखु रोप्दा ८० देखी ९० प्रतिशत उत्पादन गर्न सकिने छ । ई नर्सरी विधीवाट  उखु रोप्दा कम विउ खपत हुने , छोटो समयमा बढि विउ रोप्न सकिने बताइएको छ ।

यस विधीको प्रयोग वाट हुन लागेको उखु खेतिमा महाकाली सुगरमिलका जे.टि.ए. केशवदत्त वडु, कृषि प्राविधिक हरिश सेटी तथा पत्रकार माधव पौडेल लगायतको टोलीले आश्रयराम वडायकको खेतमा आज अनुगमन गरेका थिए ।
 

<