बेलौरी खबर

३२ बर्षदेखि कर्तव्य ज्यान मुद्धामा फरार ८० बर्षीय वृद्ध जेल चलान

विनोद सिंह विष्ट, बैतडी, ४ जेठ । बैतडीमा ३२ बर्षदेखि कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका २ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

वि. सं. २०४२ साल भदौ १७ गते राती पुर्चौडी नगरपालिका १० विजयपुर बरायलगाडा बस्ने ६५ बर्षिय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थी सहित ४ जनाको खुकुरी प्रहार गरि हत्या गरेका भट्टलाई जेल चलान गरिएको उहाँले बताउनुभयो । सदरमुकाम गोठलापनीवाट फर्किएको भनी अबेर भईसकेपछी बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राती धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका ४ जना सदस्यको हत्या गरेका बताईएको छ ।

प्रहरीले ८० बर्षीया भट्टलाई सोमबार मात्रै घरमा रहेका बेला पक्राउ गरी जेल चलान गरेको हो । जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० बर्षे कैद सुनाएको थियो । भट्टलाई २० बर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । बोकेर यताउता लैजानुपर्ने अवस्था रहे पनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

<