कला / संस्कृति / साहित्य

विहिबार १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइदै ।।

रेडियो बेलौरी, कञ्चनपुर, २४ फागुन ।
मार्च ८ तारिक अर्थात आज १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइदै छ । “आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने मुल नारा सहित यस वर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइन लागिएको हो । १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा कञ्चनपुरमा समेत विविध कार्यक्रम आयोजना गरिएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाको आयोजनामा आज विहान प्रभात फेरी संगै  विहान ११ बजे देखि दिनभर महाकाली माध्यमिक विद्यालयको प्रांगणमा विभिन्न सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम गरी मनाइन लागिएको बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले बताउनु भयो । त्यस्तै, लालझाडी गाउँपालिकाले समेत विविध कार्यक्रम गरी १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाउन लागेको लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराले बताउनु भयो । अन्तराष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा नेपाल सरकारले महिलाहरुका लागि सार्वजनिक विदा समेत दिएको छ । 

 

 


विश्व भरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिक लगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी व्यवस्था गरेको छ । 

 


सो हकमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भनी व्यवस्था गरेको छ । संविधानले मौलिक हकमै महिलासम्बन्धी हकको व्यवस्था गरे पनि तीन वर्ष्भित्र कानून बनाएर कार्यान्वयन गर्ने भनिएका कारण सो हकको महिलाले प्रभावकारीरुपमा कार्यान्वयन भएको छैन । अहिले पनि नेपाली महिला बोक्सीको आरोपमा कुटिएका छन् । महिला तथा नाबालिका बलात्कृत भएका छन् । घरेलु हिंसा न्यूनीकरण अझै प्रभावकारीरुपमा हुन सकेको छैन । त्यसरी हेर्दा कानून भएको अनुभूति महिलाले गर्न पाएका छैनन् । महिलाका लागि बनेको कानून भए पनि कार्यान्वयन गर्ने निकायको कमजोर कार्यशैलीका कारण महिला पीडामा छन् ।

 

 


यो दिवसमा राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता जस्ता सवाल यस दिवसका विषय हुने गरेका छन् । यो सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्रा्ष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् १९१० मार्च ८ मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त भयो । त्यही दिनको सम्झनामा अहिले पनि विश्वभरि अन्तर्रा्ष्ट्रिय महिला श्रमिक दिवस मनाउने गरिन्छ ।
 

<