ताजा खबर

खेलकुद

१० औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी पुर्णा मावि ऐरीलाई ।।

कञ्चनपुरको बेलौरीमा सम्पन्न १० आँै संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीताको उपाधी पुर्णा मावि ऐरीले प्राप्त गरेको छ । पुर्णा मावि ऐरीले ६ स्वर्ण, ३ रजत र १ काश्य पदक सहित नगर रु १५ हजार प्राप्त गरेको छ । 

 


यस्तै होली फ्याम्ली एकेडेमी महेन्द्रनगर दोस्रो भएको छ । होली फ्याम्ली ५ स्वर्ण, १ रजत, २ काश्य सहित नगद १२ हजार हात पार्न सफल भएको छ भने बैजनाथ मावि जडेपानी तेस्रो बनेको छ । जडेपानीले ३ स्वर्ण, ४ रजत र ७ काश्य सहित नगद ९ हजार प्राप्त गरेको छ । 

 


लक्ष्मी मावि बेलौरी र जिल्ला खेलकुद विकाश समिती कञ्चनपुरको संयुक्त आयोजनामा यहि फागुन २० गतेदेखि सुरु भएको प्रतियोगीतामा ५४ मावि स्तरका विद्यालयको सहभागीता रहेको थियो  । प्रतियोगीता बेलौरी २ जगदियामा रहेको लक्ष्मी माविको खेल मैदानमा सम्पन्न भएको हो ।

<