स्थानीय समाचार

विद्युत प्राधिकरण प्रशाखा बेलौरीमा अनिश्चतकालिन तालाबन्दी ( विशेष कुराकानी सहित )

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०३ जेठ । विद्युत प्राधिकरण प्रशाखा बेलौरीमा अनिश्चतकालिन तालाबन्दी गरिएको छ । मंगलबार साझँ विद्युत प्राधिकरणको कार्यालयमा पुगेका युवाहरुको एक समुहले अनिश्चित तालाबन्दी गरेका हुन् ।

अनियमित विद्युत् लोडसेडिङ बन्द गरिनुपर्ने, तीनहप्ता पहिले ल्याइएको नयाँ ट्रान्सफर्मर तुरुन्त जडान गर्नुपर्ने, सेवाग्राहीलाई विल बुझाउन बाहिर चर्को घाममा उभिँदा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै छाप्रो बनाउनु पर्ने, साँझ ५ बजेसम्म विद्युत महसुल बुझ्ने व्यवस्था मिलाउने पर्ने, पुनर्वास र बेल्डाँडीका सेवाग्राहीका लागि सम्बन्धित क्षेत्रमा महसुल काउन्टर स्थापना गरी सेवाप्रवाह गर्नुपर्ने, तोकिएकै समयमा मिटर रिडिङ् गर्नुपर्ने र विलमा वास्तविक अंक चढाउनु पर्ने लगायतका माग राखी तालाबन्दी गरिएको बेलौरीका सकृय युवा खडक शाहले बताउनु भयो ।

 

बेलौरीका सयौँ युवाहरुले यथाशीघ्र समस्या समाधान गर्न दबाब सृजना गर्न बेलौरी बजार परिक्रमा गर्दै नाराबाजी समेत गरेका थिए । बन्दकर्ताहरुले वितरण केन्द्र तथा क्षेत्रीय प्रशारण केन्द्रबाट आएर आफुहरु संग छलफल गरी समस्याको दिगो समाधान नहुँदासम्म ताला नखोलिने अडान लिएका छन् । पछिल्लो केहि दिन यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक १८ घण्टा विद्युत कटौती हुँदै आएको छ ।

प्रस्तुत छ, नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रशारण केन्द्रका प्रमुख राजेन्द्र मिश्र संग गरिएको विशेष कुराकानी.... http://radiobelauri.org.np/uploads/audio/26.Rajendra%20Misra%20@%2002-02.MP3

यसैबीच, कञ्चनपुरमा भइरहेको अनियमित लोडसेडिङको सन्दर्भमा उर्जा मन्त्री जनार्दन शर्मा संग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको जनता जान्न चाहन्छन् कार्यक्रममा कुराकानी गर्नुभएको छ । प्रस्तुत, जनता जान्न चाहन्छन् को सम्पादित अंश... http://radiobelauri.org.np/uploads/audio/25.Janardan%20Sarma%20@%20NRN%2002-02.mp3
 

<