ताजा खबर

खेलकुद

१० औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारबाट सुरु ।।

केशव भट्ट, कञ्चनपुर, १० फागुन ।
१० औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । कञ्चनपुरको पुनर्वासमा रहेको पुनर्वास जनता माध्यमिक विद्यालयको प्राङ्गणमा क्षेत्र नं. १ को राष्ट्रपति रनिङ शिल्ड निर्वाचन क्षेत्र स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो ।

 

 

पुनर्वास जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष तेजराज कापडीको सभापतित्वमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले व्यानर खोलेर, पानसमा बत्ति बाल्नुका साथै परेवा उडाएर उद्घाटन गर्नुभएको थियो । 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले १० औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड क्षेत्र नं. १ स्तरीय खेलकुद प्रतियोगिता अवधिभर पुनर्वास नगरपालिकाले गर्नुपर्ने दायित्व पूरा गर्ने प्रतिबद्दता जनाउनु भयो । कञ्चनपुरको क्षेत्र नं. १ का विभिन्न विद्यालयबाट उपस्थित सहभागीहरुको व्यवस्थापनमा नगरपालिकाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

 

 

प्रतियोगिताका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका सदस्य नवराज शाहीलाई निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुनर्वासमा खेलाउने पहल  गरेकोमा विशेष धन्यवाद ज्ञापन गर्दै यही फागुन २० गतेदेखि हुन गइरहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि यसै क्षेत्रमा हुन गइरहेकाले बेलौरी नगरपालिकका मेयरसङ्ग समन्वय गरी सहयोग गर्ने प्रतिबद्दता जनाउनु भयो ।

 

 

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले प्रतियोगिताको सफलताको कामना गर्दै यस क्षेत्रमा भईरहेको राष्ट्रपति रनिङ शिल्डमा गर्नुपर्ने आवश्यक सहयोग गर्नमा पछि नपर्ने बताउनुभयो  । 

<