ताजा खबर

बेलौरी खबर

सूदुरपश्चिमाञ्चल विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको दाँया हातमा कालो पट्टी ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २६ माघ ।
सूदुरपश्चिमाञ्चल विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु आजदेखि दाँया हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागी भएका छन् ।

 

लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरुले आन्दोलनका कार्यक्रम अन्तरगत आज देखि २८ गते सम्म सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको दाँया हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागी हुने सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिका अध्यक्ष विर बहादुर सिंह ठकुरीले बताउनु भयो ।

 

माघ २९ गते सम्म माग सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ । सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिले हिजो ‘गैरजिम्मेदार पदाधिकारी जिम्मेवार बन’ उल्लेख गरिएका कालो व्यानर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत सम्पुर्ण पदाधिकारीहरुको कार्यकक्षमा झुण्ड्याएको थियो ।

 

विभिन्न समयमा केन्द्रीय क्याम्पसमा अध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आर्थिक पक्षसँग सम्बन्धित विभिन्न समस्याको पहिचान गरी समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाए पनि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत उच्च पदाधिकारीहरुले बेवास्ता गरेको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । तर यस आन्दोलन अवधि भर विद्यार्थीको पढाईमा भने कुनैपनि कमि नगरिने र पढाईलाई निर्वाध रुपले अघि बढाउने अध्यक्ष ठकुरीले बताउनु भयो ।
 

<