खेलकुद

गोबिन्द गौतम स्मृति पेनाल्टी सुट प्रतियोगिताको तयारी सुरु ।।

दीपेन्द्र बस्नेत, कञ्चनपुर, २५ माघ ।
कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजारमा गत वर्ष भएको सीमा बिवादमा ज्यान गुमाएका सहिद गोबिन्द गौतमको स्मृतिमा लालझाडी युवा क्लब (११ ले फागुन २६ गते फुटबल पेनाल्टी सुट आउट प्रतियोगिताको तयारी सुरु गरेको छ । पुनर्वास क्षेत्रको खेलकुद बिकासमा सकृयता देखाउदै आएको लालझाडी ११ ले सीमा रक्षाका क्रममा प्रदर्शन गर्दै गर्दा भारतीय एसएसबीको गोलि प्रहारबाट शहादत प्राप्त गरेका गौतमको सम्झनामा प्रतियोगिताको आयोजन गरिन लागेको जनाएको छ ।

 

३० वर्ष भन्दा माथिका उमेर समुहका स्थानिय र जिल्ला बाहिरका गरि झन्डै ३ दर्जन बढी टिमले सहभागीता जनाउने अपेक्षा लिइएको लालझाडी युवा क्लब ११ का वरिष्ठ उपाध्यक्ष तुलसी अर्यालले बताए । राष्ट्रिय अस्मिता माथिको प्रहारका विरुद्ध आहुती दिन पछि नहट्ने वीर गौतमको सम्मान र सम्झनामा प्रतियोगिताको आयोजना गर्न लागिएको वरिष्ठ उपाध्यक्ष अर्यालले बताए । राष्ट्रको सीमाना रक्षाका क्रममा बीरगती प्राप्त गरेका सहिद गौतमको सम्मान र स्मृतिमा उनी सहिद भएकै दिन फागुन २६ मा प्रतियोगिताको आयोजन गरिएको लालझाडी(११ का अध्यक्ष काशीराम बोहराले बताए ।

 

देशको माटो माथी भारतीयको अतिक्रमणको प्रतिकार गर्दै आफ्नो प्राण आहुती दिन पछि नहट्ने बिरांगना गौतमले शहादत प्राप्त गरेको वर्ष दिन हुनै लाग्दा पनि स्थानिय निकाय र सरकारले सम्मान र सम्झनामा कुनै कार्यक्रमको घोषणा नगरेको बेला लालझाडी ११ ले उनको स्मृती दिवसको अबसर पारेर कार्यक्रमको तयारी गरेको हो । गैरसरकारी सस्थाले सुरु गरेको सीमाका सहिद गौतम प्रतिको सम्मान र स्मृतिको कार्यक्रम लाई प्रभावकारी बनाउन सरकार ,स्थानिय निकाय र सम्बन्धित सबैले सहयोग र सहायता दिन सके सहिद गौतम प्रती सच्चा श्रद्धाञ्जली हुने स्थानीय समाजसेवी प्रेम थापाले जनाए ।

 

सीमामा भएको झडपमा गोबिन्द गौतमले शहादत पाएको २–३ महिना निक्कै चर्चा र प्रशंसा भए पनि समय घर्कदै जादा अहिले सहिद गौतम लाई बिर्सदै गएको बेला आयोजना हुदै गरेको प्रतियोगिताले स्मरण गराउन सार्थक हुने स्थानियहरु बताउछन् । पुनर्वासको सीमावर्ती आनन्दबजारलाई घटनाको लगत्तै सहिदको नामले सहिद गोबिन्द नगर राखिए पनि बजारको चोकमा राख्ने घोषणा गरिएको गौतमको शालिक वर्ष दिन बित्दा समेत स्थापित गरिएको छैन । सहिदको नाममा राख्ने भनिएको शालिक निर्माणको कार्यमा गरिएको उदासिनता र बेवास्ताले सहिदको भावनामा ठेस पुगेको सहिद गोबिन्द नगरका स्थानियहरुले बताएका छन ।
 

<