ताजा खबर

स्थानीय समाचार

योगशिविरलाई केन्द्र स्थापना गरी निरन्तरता दिन आग्रह (अडियो रिपोर्ट सहित)

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २० बैशाख । शनिबार देखि सुरुभएको पाचँदिने निशुल्क योगशिविर कञ्चनपुरका १११ ठाउँहरुमा आज एकैसाथ सम्पन्न भएको छ । पतञ्जली योग समिति कञ्चनपुरको सहयोगमा शनिबार देखि आजसम्मका लागि एकैसाथ कञ्चनपुर जिल्लाका १११ स्थानहरुमा पाचँ दिने निशुल्क योगशिविर सञ्चालन गरिएको थियो । कञ्चनपुर जिल्लालाई योगमय जिल्ला बनाउने उद्देश्यले यहाँका ७ नगरपालिका र २ गाउँपालिका गरी नौ वटै स्थानीय तह भित्रका गरी जम्मा १११ ठाउँहरुमा निशुल्क योगशिविर आयोजना गरिएको थियो । योगशिविरको आज अन्तिम दिन, बिहान नियमित योगाभ्यास पछि सम्बन्धित क्षेत्रका योग प्रशिक्षकहरुलाई योग केन्द्र स्थापना गरी योग कक्षालाई निरन्तरता दिन आग्रह गरिएको पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य लबराज भट्टले बताउनु भयो । पाँचदिन सम्म सञ्चालित योगशिविरमा जिल्लाभर ५० हजार भन्दा बढी नागरिकले सकृय सहभागिता जनाएको पतञ्जली योग समिति कञ्चनपुरले जनाएको छ । एक  रिपोर्ट....

http://radiobelauri.org.np/uploads/audio/24.Yog%20Sibir%20Report%20@%2001-16.MP3

 

 

<