ताजा खबर

खेलकुद

WISDOM TALENT QUEST मा लिटिल गार्डेनका दीपक सिंह भण्डारी प्रथम ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २० माघ ।
कञ्चनपुरको बेलौरीमा रहेको विज्डम एकेडेमीले आज अ मेगा क्विज कन्टेस्ट आयोजना गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका निजी, संस्थागत र सामुदायिक विद्यालय गरी १५ विद्यालय तथा एउटा ट्युशन सेन्टरका गरी जम्मा ३४ जना विद्याथीहरुको सहभागितामा पहिलो पटक विज्डम ट्यालेन्ट क्विस्ट २०७४ सम्पन्न भएको हो । 

 

 

एसइइ अर्थात कक्षा १० को गणित र विज्ञान विषयसंग सम्बन्धित क्विज आज विज्डम एकेडेमीमा आयोजना गरिएको  कार्यक्रम संयोजक टेक बहादुर शाहीले बताउनु भयो । एनप्याब्सन कञ्चनपुरका अध्यक्ष दीपक भट्टको प्रमुख आतिथ्यमा आयोजित विज्डम ट्यालेन्ट क्वेस्ट २०७४ मा प्रथम लिटिल गार्डेन इङ्लीस स्कुलका दीपक सिंह भण्डारी, द्वितीय सिद्धार्थ बोर्डिङ हाइ स्कुलका रामशरण भुल, तृतीय महाकाली माविका मञ्जिल ढुंगाना भएका छन् भने सान्तन्वा पुरस्कार ब्राइट स्टारका उमेश बिष्टले पाएको आयोजक विज्डम एकेडेमीका प्रिन्सीपल गोविन्द सिंह थापाले बताउनु भयो । 

 

 

प्रथम पुरुस्कार नगद रु. ३ हजार ५ सय, द्वितीय पुरुस्कार नगद रु. २ हजार ५ सय, तृतीय पुरुस्कार नगद रु. १ हजार ५ सय र सान्त्वना पुरुस्कार नगद रु. ५ सय सहित सहभागी सबै विद्यालयलाई प्रमाण पत्र समेत प्रदान गरिएको शिक्षक लक्ष्मण सिंह दियालले जानकारी दिनुभयो । आयोजक विज्डम एकेडेमीका विद्याथीहरुलाई उक्त प्रतियोगितामा सहभागी गराइएको थिएन् । प्रतियोगिताकै बीचमा सांस्कृतिक कार्यक्रम समेत गरिएका थिए ।

<