ताजा खबर

बेलौरी खबर

बैजनाथ बहुभाषीक आधारभुत विद्यालय लालझाडी ४ जाँइमा भेला सम्पन्न ।।

केशब भट्ट, कञ्चनपुर, २० माघ । 
लालझाडी गाउँपालीका ४ जाँइ स्थीत बैजनाथ बहुभाषीक आधारभुत विद्यालय विद्यालय व्यवस्थापन समिती शिक्षक अभिभावक संघ र अभिभावकहरुको आज बसेको एक भेलाले समस्याहरु दर्शाउनुका साथै  सामाधानका उपायको निर्णय गरेको  छ । कक्षा १–८ सम्म सञ्चालन भएको विद्यालयमा  बहुभाषीक भाषाको रुपमा कक्षा १–३ सम्म राना भाषामा अध्ययन भइरहेको छ ।

 

 

स्थायी दरबन्दी १ ,अस्थायी दरबन्दी १, राहत १ र ६ जना निजी शिक्षकहरुको नियुक्ती  रहेको सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट पी.सी.एफ . रोकेलगत्तै निजी शिक्षकहरुलाई लतबभत्ता उपलब्ध गराउने समस्या भएको र विगत १० महिना अगाडीको तलबभत्ता नपाएको  विद्यालय व्यवस्थापन समितीमा अध्यक्ष दिल बहादुर रानाले बताउनु भएको छ । यस विषयमा जिल्ला शिक्षा कार्यालय कञ्चनपुर लाई सम्पर्क गर्दा स्थानिय निकायले व्यवस्था गर्छ भन्ने खबर आउने तर लालझाडी गाउँपालीकामा सम्पर्क गर्दा यस स्थानिय तहमा कुनै शिक्षकहरुका लागी बजेट नभएको कुरा सुनाएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष  रानाले जानकारी गराउनुभएको छ ।

 

 

यसरी दरबन्दी कार्यरत शिक्षकहरु घरमै बसी बसी तलबभत्ता पाउने तर निजी स्रोतका शिक्षकहरुले आफ्नो परिश्रमिक पनि नपाउने भएको हुदा यस्तो लापरबाही  कार्यले गर्दा विद्यार्थीहरुको भविष्य एकदमै अन्धकार भइरहेको बताइएको छ ।आज बसेको सो भेलाले विद्यालय सञ्चालन गर्न अभिभावकहरुले आर्थीक सहयोग उठाउन बाध्य भई सञ्चालन गर्नु पर्ने निर्णय गरेको छ ।र सो समस्या समाधानका लागी सम्बन्धीत निकायलाई पनि आग्रह गरेको छ ।

<