ताजा खबर

कला / संस्कृति / साहित्य

बेलौरीमा Wisdom Talent Quest - 2074 (A Mega Quiz Contest) आज ।।

 

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २० माघ ।
कञ्चनपुरको बेलौरीमा रहेको विज्डम एकेडेमीले पहिलो पटक विज्डम ट्यालेन्ट क्वेस्ट २०७४ अ मेगा क्विज कन्टेस्ट आयोजना गर्ने भएको छ ।

 

कक्षा १० को गणित र विज्ञान विषयसंग सम्बन्धित क्विज आज शनीबार मध्याह्न १२ बजेबाट विज्डम एकेडेमीमा गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक टेक बहादुर शाहीले बताउनु भयो ।

 

विज्डम ट्यालेन्ट क्वेस्ट २०७४ मा प्रथम पुरुस्कार नगद रु. ३ हजार ५ सय, द्वितीय पुरुस्कार नगद रु. २ हजार ५ सय, तृतीय पुरुस्कार नगद रु. १ हजार ५ सय र अन्य सान्त्वना पुरुस्कार समेत राखिएको संयोजक शाहीले जानकारी दिनुभयो ।

<