बेलौरी खबर

बेलौरी लगायत कञ्चनपुरका १११ ठाउँहरुमा पाचँदिने नि:शुल्क योगशिविर सञ्चालन गरिदैँ (विशेष कुराकानी सहित)

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १५ बैशाख । पतञ्जली योग समिति कञ्चनपुरको सहयोगमा भोली बैशाख १६ गते देखि बैशाख २० गते सम्म एकैसाथ कञ्चनपुर जिल्लाका १११ ठाउँहरुमा पाचँ दिने निशुल्क योगशिविरको आयोजना गरिएको छ ।

कञ्चनपुर जिल्लाका ७ नगरपालिका र २ गाउँपालिका गरी नौ वटै स्थानीय तह भित्रका गरी जम्मा १११ ठाउँहरुमा निशुल्क योगशिविरको आयोजना गरिएको योग प्रशिक्षक लबराज भट्टले बताउनु भयो ।

अधिकांश ठाउँहरुमा भोली विहान ४ बजे देखि सुरुहुन लागेका योगशिविरहरुमा योगाभ्यास, शारीरिक व्यायाम, आयुर्वेदिक तत्व लगायतका विषयमा प्रशिक्षण दिइने छ । प्रस्तुत छ, योग प्रशिक्षक लबराज भट्ट संगको विशेष कुराकानी... http://radiobelauri.org.np/uploads/audio/23.Love%20Raj%20Bhatt%20@%2001-15.MP3

<