निर्वाचन विशेष

नेकपा माओवादी केन्द्रद्वारा पुनर्वास नगरपालिकाका सबै वडाका उम्मेदवारहरु घोषणा गर्ने कार्य सुरु (विशेष कुराकानी सहित)

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १५ बैशाख । नेकपा माओवादी केन्द्र पुनर्बास नगर कमिटिले आज देखि पुनर्बास नगरपालिकाका सबै वडाका उम्मेदवारहरु घोषणा गर्ने कार्य सुरु भएको छ ।

साबिक परासन गाविसको ख गाउँमा आज भएको घोषणा सभा कार्यक्रमबाट पुनर्वास नगरपालिका वडा नं. ७ मा बुद्धिमान तामाङ (बुच्चन) र वडा नं. ९ मा नारायण प्रसाद जैशीलाई वडा अध्यक्ष घोषणा गरिएको बताइएको छ ।

साबिक त्रिभुवन गाविसको शर्मा चोक चौतारामा भोली दिउँसो ३ बजे, साबिक कालिका गाविसको मोतीबस्ती सहिद भबनको प्राङ्गणमा बैशाख १७ गते ३ बजे र साबिक बाइसेबिचवा गाविस अन्तरर्गतको हुलाकी सडक आसपासमा बैशाख १८ गते ३ बजे घोषणा गरिने निर्वाचन प्रचार प्रसार समिति संयोजक कञ्चन गिरीले बताउनु भयो ।

प्रस्तुत छ, निर्वाचन प्रचार प्रसार समिति पुनर्वासका संयोजक कञ्चन गिरी संग गरिएको विशेष कुराकानी.... 

http://radiobelauri.org.np/uploads/audio/22.kanchan%20giri%20@%2001-15.MP3

<