ताजा खबर

बेलौरी खबर

नेपाल राहत शिक्षक समिति कञ्चनपुर पुनर्वासको स्थायी अधिवेशन सम्पन्न ।।

कञ्चनपुर, ६ माघ ।
“प्रविधियुक्त गुणस्तरीय शिक्षा अभिभावकको सान, पेसागत सुरक्षा सहितको स्थायी व्यवस्थापन हाम्रो अभियान” भन्ने मूलनारा सहित नेपाल राहत शिक्षक समिति पुनर्वासको स्थानीय अधिवेशन सम्पन्न भएको छ ।

 

देशैभरिका राहत शिक्षकले आफ्नो अधिकारका लागि राज्यसंग संघर्षरत हुदैँ गर्दा कञ्चनपुरको पुनर्वासमा कार्यरत राहत शिक्षकहरू एकजुट भएका हुन् । भेलाले जय बहादुर मडैको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

 

समितिको उपाध्यक्षमा धनु वली,  सचिवमा नवराज ओझा, सहसचिवमा कालि नेपाली, कोषाध्यक्षमा सम्झना राज राजभण्डारी, र सदस्यहरूमा रोम बहादुर शाही, लाल बहादुर मगर, तर्कराज भट्ट, अम्बिका प्रशाद खतिवडा, रामफल राना, मिन बहादुर गुरूङ, भागरथी बिष्ट र सुनिल कुमार लो रहेका छन् ।

 

 

देशभरि चालिस हजार राहत शिक्षक रहेकोमा कञ्चनपुरमा मात्र सात सय शिक्षक रहेका र पुनर्वासमा मात्रै ९० जना राहत कोटाका शिक्षकहरु रहेको कार्यक्रमका सभापति एवं कञ्चनपुर राहत शिक्षक समितिका कार्यवाहक अध्यक्ष लवदेव मिश्रले जानकारी गराएका छन् ।

 

सरकारले देशैभरिका राहत शिक्षकलाई स्थायी दरवन्दीमा रूपान्तर गर्नुपर्ने, त्यसो नगरिए कडा आन्दोलन गरिने कार्यक्रमका प्रमुख अतिथि तथा राहत शिक्षक केन्द्रीय सदस्य राम प्रशाद जोशीले वताएका छन् ।
 

<