बेलौरी खबर

स्थानिय सरकार सञ्चालनका लागि शुक्लाफाँटा द्धारा ८ वटा कानुन निर्माण ।।

कञ्चनपुर, ६ माघ ।
स्थानिय सरकार सञ्चालनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आठ वटा ऐन, नियममावली र कार्यविधि निर्माण गरेको छ । प्रथम नगर सभा बाट ऐन, नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याईएको हो । नेपालको संविधान, २०७२ को अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकार बमोजिम स्थानिय तहका लागि आवश्यक कानुन निर्माण गरि कार्यान्वयमा ल्याईएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले बताउनु भयो ।

 

संघिय कानुन संग नबाझिने गरि कानुन निर्माण गरेका छौं उहाँले भन्नु भयो, “ऐन, नियमावली र कार्यविधि निर्माण गरिएपछि कार्य गर्न सहजता भएको छ ।” उहाँका अनुसार अनुसार कार्यपालीका बैठक सञ्चालन कार्यविधि २०७४, कार्यपालीका नियमाबली २०७४, नगरपालीका नगर कार्यविभाजन नियमावली २०७४, नगर सभा सञ्चालन कार्यविधि २०७४, नगरपालीका पदाधिकारी आचारसंहियता २०७४ निर्माण गरि कार्यान्वयनमा ल्याईएको छ । यसैगरी, नगरपालीकाले कार्यपालीका निर्णय आदेश र अधिकारको प्रमाणिकरण कार्य विधि नियमावली २०७४, स्थानिय तहको विनियोजन ऐन, स्थानिय तहको आर्थिक ऐन निर्माण गरिएको छ ।

 

संविधान र संघिय कानुन संग नबाझने गरि आवश्यकता अनुसार अन्य ऐन, नियमाबली र कार्यविधि निर्माण गरिदै लैजाने नगरपालीकाका प्रशासकिय अधिकृत शेर बहादुर बुढाले बताउनु भयो । “स्थानिय सरकार सञ्चालनका लागि ऐन, नियमाली र कार्यविधि निर्माणभै पारित भैसकेपछि विकास निर्माण देखि आर्थिक कार्य अगाडी बढाउनका लागि निकै सहज भएको छ” उहाँले भन्नु भयो । नेपाल सरकार स्थानिय तह सञ्चालन ऐन २०७४ मन्त्रालय बाटै निर्माण भएर आएकाले झनै सहजता भएको उहाँको भनाई रहेको छ । निर्माण भएका कानुनले नगर सभा सञ्चालन, कार्यपालीकाको बैठक सञ्चालन, करको दायरा निर्धारण, बजेट, आम्दानी, र वडा सम्म अधिकार प्रत्यायोजन गर्न सहज भएको छ । (रासस) 
 

<