खेलकुद

कञ्चनपुरको पुनर्वासमा तेस्रो लालझाडी कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिता हुने ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी कञ्चनपुर, ५ माघ ।
कञ्चनपुरको पुनर्वासमा तेस्रो लालझाडी कप  टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक लालझाडी युवा क्लब ११ ले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराए अनुसार पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको खेल मैदानमा माघ १० गते देखी २० गतेसम्म खेल सञ्चालन हुनेछ ।

 

प्रतियोगिता टि–ट्वाइन्टी ढाँचामा खेलाइने क्लबका अध्यक्ष काशीराम बोहराले  जनाउनु भएको छ ।  १० दिन सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

 


कञ्चनपुरको दक्षिणी क्षेत्रकै सर्वा्धिक धनराशिको क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको दाबी छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू. ५० हजार, द्वितीय पुरस्कार २५ हजार , म्यान अफ द सिरीज १ जनालाई ५ हजार, उत्कृष्ट ब्याट्सम्यान,वलर, फिल्डर र विकेट किपरलाई जनही  ३ हजार प्रदान गरिने छ । यस्तै म्यान अफ द म्याच हुने खेलाडीले १ हजार नगद तथा ट्रफी र पाउने छन् ।  

 


लालझाडी कपको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी तथा सह–प्रायोजक भुमि इटा उद्योग र बावु अटोसेल्स अत्तरीया रहेको जनाइएको छ । उक्त क्लबले विगतमा पाँचौ संस्करणसम्म फुटबल र दुई संस्करण क्रिकेट खेलको आयोजना गरिसकेको र आगामी फागुन २६ गते शहीद गोविन्द गौतमको प्रथम स्मृति दिवसमा पेनाल्टी सुट(आउट फुटबल  प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

<