अर्थ-वाणिज्य

पेट्रोल, डिजेल र मट्टितेलमा फेरि मूल्यवृद्धि ।।

काठमाडौं, ३ माघ ।

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको हो ।

 

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २–२ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुने छ ।भारतीय आयल कर्पोरेशनको नयाँ मूल्यसूची अनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।

 

नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ८१–८१ रुपैयाँ पुगेको छ । गत पुस १७ गतेपनि निगमले इन्धनमा मूल्यवृद्धि गरेको थियो । अनलाइनखबर

<