बेलौरी खबर

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित गोल वजारमा आयोजित खाद्य मेला २०७४ सम्पन्न ।।

कञ्चनपुर, १ माघ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कैलालीको आयोजनामा कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित गोल वजारमा जारी खाद्य मेला २०७४ को एक कार्यक्रमका बिच समापन गरिएको छ ।

 

कञ्चनपुर क्षेत्र नम्बर १ को क बाट निर्वाचित प्रदेश सभा सदस्य तारा लामा तमाङको प्रमुख आतिथ्यतामा सोमबार उक्त मेलाको समापन गरिएको हो । परम्परागत पोषिला स्थानीय खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण खाने बानीको विकास गर्ने उद्देश्यले आयोजना गरेको उक्त मेलामा स्थानीय परम्परागत पोषिला खाने परिकार, सुदूरपश्चिमेली पहाडी, थारु समुदायको मौलिक खाद्य मकै, कोदो, फापर, च्याउ, माछा लगायतका परिकार राखिएका थिए ।

 

समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तामाङले बाहिरी बजारमा पाईने मसलादार खाद्य बस्तुको उपभोग गर्दा मानिसको स्वास्थ्यमा असर पुग्ने भएकाले परम्परागत पोषिला खानेकुरा खाने बानी बसाल्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

विहिवारबाट सुरु भएको उक्त मेलामा हजारौँ दर्शकहरुले अवलोकन गरेको थिए भने दर्जनभन्दा बढी खाद्य परिकारका स्टलहरु राखिएका थिए ।
 

<