ताजा खबर

बेलौरी खबर

प्रगतीशील विद्युत ग्रामीण सहकारी संस्था डिके ३२ को नयाँ कार्यसमिति चयन ।। 

रेडियो बेलौरी, कञ्चनपुर, २९ पुस । 
कञ्चनपुरको बेलौरीमा रहेको प्रगतीशील विद्युत ग्रामीण सहकारी संस्था डिके ३२ को दशौँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

 

शनिबार प्रगतीशील विद्युत ग्रामीण सहकारी संस्थाका अध्यक्ष अम्बर बहादुर खत्रीको सभापतित्वमा आयोजिक वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति चयन गर्नु पूर्व भएको उद्घाटन सत्रको प्रमुख अतिथिमा केन्द्रीय विद्युत् सहकारी संघका उपाध्यक्ष गोबिन्द प्रसाद भट्ट तथा विशिष्ट अतिथिमा वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष जगन्नाथ चौधरी रहनुभएको थियो ।

 

उक्त प्रगतीशील विद्युत ग्रामीण सहकारी संस्थाको नयाँ कार्यसमितिको अध्यक्षमा पुन ः अम्बर बहादुर खत्रीलाई चयन गरिएको छ । त्यस्तै, उक्त साधारण सभाले उपाध्यक्षमा मोहन कामी, सचिवमा पुनः भक्त बहादुर बोहरा र कोषाध्यक्षमा देवु थापा सहित ९ सदस्यलाई नयाँकार्य समितिमा चयन गरेको हो ।

 

त्यस्तै महादेव भट्टको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । उक्त साधारण सभाले अमर रावतको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको प्रगतीशील विद्युत ग्रामीण सहकारी संस्था डिके ३२ का अध्यक्ष  अम्बर बहादुर खत्रीले जानकारी दिनुभयो ।

<