बेलौरी खबर

नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगती भएको छ ः प्रधानमन्त्री देउवा ।।

कञ्चनपुर, २९ पुस । 
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लागू गरेका नीतिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ । आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उहाँले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा पुगेर उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताउनुभयो ।

 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिमवासीको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । साथै, उहाँले आफ्नो नेतृत्वको सरकारले गत असोज २ गते यस क्षेत्रका १५ ओटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गरी आंगिक क्याम्पसको रुपमा दरबन्दीसमेत स्वीकृत गरिसकेको स्मरण गर्दै आगामी दिनमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय देशकै अग्रणी विश्वविद्यालयका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण भएका २८२ जना विद्यार्थीलाई दीक्षितको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा दिक्षित भएका ४ जना विद्यार्थीलाइ भ्वाइस चान्सलर र चान्सलर पदक प्रदान गरिएको हो ।
 

 

 

सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह : फोटोफिचर


 

 

<