ताजा खबर

बेलौरी खबर

गौरीशंकर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न ।।

रेडियो बेलौरी, कञ्चनपुर, २९ पुस । 
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ मोतिपुरमा रहेको गौरीशंकर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

गौरीशंकर ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष बलराम चौधरीको सभापतित्वमा आयोजित नवौँ वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले सहकारीलाई प्रभावकारी बनाई अगाडी बढेको उल्लेख गरी प्रशंसा गर्दै नगरपालिकाबाट हुनसक्ने आवश्यक सहयोगका लागि प्रतिबद्द रहेको बताउनु भयो । उहाँले नेपाल सरकारको स्थानीय तह र निर्वाचन क्षेत्र विकास कोषबाट गरी रु ९ लाख ५० हजार बराबरको अनुदान सहयोगको अपेक्षा गरी उक्त २०७४–०७५ को अनुमानित बजेट तयार गरिएको र आशा मर्न नदिने नगर प्रमुख चौधरी प्रतिबद्द रहनु  भएको व्यवस्थापक बद्री प्रसाद रेग्मीले बताउनु भयो ।  

 

 

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केन्द्रीय विद्युत् सहकारी संघका उपाध्यक्ष गोबिन्द प्रसाद भट्ट रहनु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य सहकारीका सदस्य चेतराज जोशीले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव हर्क बहादुर भुलले गर्नुभएको थियो । 

 


गौरीशंकर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको वार्षिक प्रतिवेदन, कार्ययोजना, नीति तथा कार्यक्रम व्यवस्थापक बद्री प्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्ष २०७३–०७४ को कुल १७ लाख ०४ हजार ६ सय २९ रुपैँया ८८ पैसा बराबरको आयव्यय तथा चालु आर्थिक वर्षको अनुमानित बजेट रु २५ लाख ४७  हजार ४ सय ८० रुपैँया ३२ पैसा प्रस्तुत गरिएको छ । चलु आर्थिक वर्षमा १८ बुँदे नीति, कार्यक्रम सहित कार्ययाजना र सहकारी संस्थाको महत्व, आवश्यकता, सहकारी आन्दोलनको उपलब्धी र प्रभावका बारेमा व्यवस्थापक बद्री प्रसाद रेग्मीले प्रकाश पार्नु भएको थियो ।

 

कुल ग्राहक २८२ रहेको सहकारीमा नियमित ग्राहक १४५ र त्यस मध्ये गोलाप्रथागरी २५ जनालाई सिएफएल चिम बितरण गरी पुरस्कृत गरिएको थियो । उक्त सहकारीका ग्राहक मध्ये वर्षभरी सबैभन्दा कम १२ युनिट र सबैभन्दा बढी १ हजार ६ सय ९७ युनिट खपत गर्ने ग्राहक रहेका छन् । यसअघि मासिक विद्युत् महसुल न्युनतम् रु. ४० रहेकोमा अब उपरान्त रु. १० घटाई मासिक विद्युत् महसुल न्युनतम् रु. ३० कायम गरिएको व्यवस्थापक रेग्मीले बताउनु भयो ।
 

<