ताजा खबर

खेलकुद

नेपाल आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा ।।

कैलाली, २७ पुस । नेपाल आर्मी क्लव धनगढीमा चलिरहेको खप्तड गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ ।

 

कैलालीको धनगढीमा बिहीबार भएको खेलमा थ्री स्टार क्लवलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र सुमन अर्यालले गोल गरे । खेलको म्यान अफ द म्याच बनेका भरत खवासले १० हजार रुपैयाँ पाए ।

 

एन्फाको लापरबाहीले एएफसीकपको प्लेअफ खेल्न नपाएपछि  दोषीलाई कारबाही र क्षतिपुर्तीको माग गर्दै अघिल्लो वर्षको कात्तिकदेखि थ्री स्टारले कुनै पनि प्रतियोगितामा भाग नलिने बताएको थियो ।

 

तर गएको असोजमा डेढ करोड क्षतीपूर्ती पाउने सहमती भएर १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टार झापा ११ लाई हराएर क्वार्टर फाइनलमा पुगेको थियो । प्रतियोगितामा शुक्रबार मनाङ मस्र्याङदी र रुपन्देही ११ विच खेल हुनेछ । UJAALO
 

<