कला / संस्कृति / साहित्य

नेपालकै ठूलो म्यूजिक अवार्डका लागि खूल्यो आवेदन फारम

चाहाना मिडिया प्रालिले आगामी बैशाख १५ गते नेपालकै ठूलो र पृथक ‘नेपाल म्यूजिक अवार्ड’ गर्दै छ । कुल ४१ विधामा गर्न लागिएको अवार्डमा कलाकार तथा सर्जकका लागि फारमसमेत खुलाइएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न पृथक ढंगको अवार्ड आयोजना गरिएको नेपाल म्यूजिक अवार्ड आयोजक कमिटीका संयोजक सहदेव कोइरालाले बताए ।

काठमाडौँको होटल अन्नपूर्णमा हुने कार्यक्रममा नेपाल म्यूजिक अवार्ड २०७५ को प्रचारप्रसार एवं समाचार सम्प्रेषणलाई मूल्यांकन गरेर केही पत्रकारलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

फारम भर्ने र त्यसका प्राविधिक पाटो निकै सहज रहेको अवार्ड साइट डेभलपर संजिव बर्माले बताए । अहिलेसम्म भएका अवार्डमा जजिङ, भोटिङलगायतका सबै प्रकृति एउटै हुने गरेका छन् । तर, नेपाल म्यूजिक अवार्डमा भने ती सबै काम ‘डिजिटल्ली’ हुने छ ।

<