बेलौरी खबर

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो ।।

रेडियो बेलौरी, कञ्चनपुर, २७ पुस । 
पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बिहीबार मनाइएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कञ्चनपुरको बेलौरीमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

 

राप्रपा कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष कृष्ण बहादुर सिंहको सभापतित्वमा राप्रपा क्षेत्र नं. १ ले आयोजना गरेको समारोहमा उपस्थित व्यक्तिहरुले पृथ्वीनारायण शाहको स्मरण गर्दै तस्बीरमा माल्यार्पण गरेका छन् । राप्रपा कञ्चनपुरका उपाध्यक्ष बिरेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि द्वय नेकपा एमाले बेलौरी नगर कमिटि अध्यक्ष बाबुराम न्यौपाने र राप्रपा बेलौरीका नगर अध्यक्ष सूर्य बहादुर शाहीले सम्बोधन गर्नुभएको कार्यक्रम सञ्चालक जयप्रकाश उपाध्यायले बताउनु भयो ।

 

वि.सं. १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहलाई तत्कालिन बाइसे, चौबिसे राज्यलाई एकीकरण गरेको भनी नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिएको छ । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।

थप विवरण सहित पत्रकार हरिश चन्द्र बागले तयार पारेको एक रिपोर्ट...
 

<