ताजा खबर

बेलौरी खबर

अत्यधिक चिसो बढेपछि वडा मै दाउरा वितरण ।।

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, २६ पुस ।

अत्यधिक चिसो बढेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नं ९ ले वडामै दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । स्थानिय बासिन्दालाई चिसो बाट जोगाउनका लागि वडाका चोक चोकमा दाउरा उपलव्ध गराई आगो ताप्ने व्यवस्था मिलाईएको हो । वडाका नौखरी नयाँ मुक्ति पुरानो मुक्ति, सिसैया, अछामी टोल, लालवनिया टोल,सुनकोटी टोल, खिरपाटा, ऐलानी टोल, राजीपुर,  लगायतका २७ क्षेत्रमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो । दाउरा बृन्दावन सामुदायिक वन बाट निःशुल्क प्राप्त भएको उहाँले बताउनु भयो । दाउरा ढुवानी खर्च वडा कार्यालयले व्यहोरेको छ । आर्थिक विपन्नताका कारण न्यानो लुगाको जोहो गर्न नसकेका परिवार आगो ताप्ने व्यवस्था भएपछि लाभान्बीत भएका छन । दुई दिन अघि शुक्लाफाँटा नगरपालीका कार्यालयले समेत झलारी बजारका विभिन्न ठाउमा दाउरा वितरण गरेको थियो ।

<