कला / संस्कृति / साहित्य

ज्योती सामुदायिक पुस्तकालयको साधारण सभा सम्पन्न ।।

सुदीप थापा, कञ्चनपुर, २६ पुस ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ६ मा रहेको ज्योती सामुदायिक पुस्तकालयले १३३ औं लेखनाथ जयन्तीका अवसरमा छैठौ साधारण सभा सम्पन्न गरेको छ ।

 

उक्त कार्यक्रमा पुनर्वासवाट राष्ट्रिय पुरस्कार पदक प्राप्त व्यक्तित्वहरुको अभिन्नदन, कौडिण्य चेतना छन्द साहित्य पुरस्कार वितरण र विधुर सन्त संवाद शोककाव्य पुस्तकको विमोचन गरिएको हो । कार्यक्रममा प्रतिमा न्यौपाने पोख्रेल, पवित्रा सेडाई लगाएत पुनर्वास नगरपालिकाका विभिन्न विधामा राष्ट्रिय पुरस्कार पदक प्राप्त व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा साहित्यकार गणेश दत्त न्यौपानेको स्थापनामा निर्माण गरिएको हरेक वर्ष दिदै आएकोे कौडिण्य चेतना छन्द साहित्य पुरस्कार यस वर्ष गोदावरी नगरपालिकाका साहित्यकार निर्मल कुमार भण्डारीले प्राप्त गर्नुभएको छ । सोही कार्यक्रमा दिनानाथ बराल द्वारा लिखित विधुर सन्त संवाद शोककाव्य पुस्तककोको पनि विमोचन गरिएको थियो । 

 

सोही कार्यक्रममा बौल्दै कार्यक्रमका प्रमुख अतिथि एवं कञ्चनपुर क्षेत्र नं. १ को क का प्रदेश सांसद तारा लामा तामाङले पुनर्वासा क्षेत्रका साहित्य प्रेमि व्यक्तिवहरुका लागि ज्योती सामुदायिक पुस्तकालयले समाजको लागि महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उक्त संस्थालाई सामुदायिक सुचना केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विश्वको समय सान्दर्भिक पुस्तकहरु पनि अध्ययन गर्ने गरि अहिलेका बालबालिकाहरुलाई पनि साहित्यमा जोड्ने गरि यो क्षेत्रको विध्वत वर्गहरु संग पनि अझ व्यापक छलफल गर्न जरुरी रहेको तर्क गर्नुभयो । पुनर्वास क्षेत्रका साहित्य क्षेत्रमा लाग्नुभएका विध्वत व्यक्तित्वहरुलाई समाजको एउटा अग्रज वर्गको रुपमा चित्रण गर्नुपर्छ र उहाँहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । अव बन्ने प्रदेश सभाले पनि यस क्षेत्रका साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तित्वहरुलाई अझ अगाडी बढाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रमा पुनर्वास नगरपालिकाको नगर उपप्रमुख शारदा विष्ट धामी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने ज्योति सामुदायिक पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

<