कला / संस्कृति / साहित्य

गजल : तिला र लिला ।।


निरास बनी बसेको देख्दा मन दुख्छ होला, राम र सीताको ।
के भयो भनी सोध्ने अधिकार छ, माता र पिताको ।।

 

चिन्ता मलाई मात्र छ की, मेरी नेपाल आमा प्रति ।
प्रेममा फसे यस्तै हुन्छ भन्छन्, मुना र मदनको ।।
हो म प्रेममा फसेँ, मेरी नेपाल आमाको ।
जहाँ हेर्यो भ्रष्टचार देख्छु, तिला र लिलाको ।।

 

किन मौन बसेका छौ, सोझा नेपाली आमा बुवा ।
देश बनाउन गएका टाउकेलाई बाचा गराउनै पर्छ, मन्दिर र शिलाको ।।
नाना भाति सपना देखाई, राजधानीमा गयौ ।
विकाश तिम्ले गर्नै पर्छ, देश र जिल्लाको ।।

 

निरास बनी बसेको देख्दा मन दुख्छ होला, राम र सीताको  ।
के भयो भनि सोध्ने अधिकार छ, माता र पिताको ।।

 

                                        प्रेमा आचार्य, बेलौरी, कञ्चनपुर ।।
 

<