विदेश

उत्तर कोरिया र सिरियाले अमेरिकाविरुद्ध संयुक्त रुपले लड्ने गरे घोषणा

एजेन्सी, कोरिया, ३० चैत्र । सिरिया र उत्तर कोरियाले अमेरिकासँग संयुक्त रुपमा लड्ने संकल्प गरेका छन् ।

सिरियालका राष्ट्रपति बसर असादले कोरियाली नेता किम जोङ उनलाई एक टेलिग्राम सन्देश दिदै अमेरिकाको नाम नलिइकन ‘जंगली महत्वकांक्षा’का विरुद्ध लड्ने संकल्प गरेका छन् ।

कोरियन समाचार एजेन्सी केसीएनएलार्इ उदृत गर्दै रूसी न्युज एजेन्सी टासले समाचार लेखेको छ ।

कोरियाका महान् नेता किम इल सुङको १०५ औं जन्मजयन्ती र वार्षिकोत्सवको अवसरमा सिरियाको तर्फबाट सन्देश पठाउँदै राष्ट्रपति असादले विश्वका साम्राज्यवादी शक्तिसँग संयुक्त रुपमा लडेर जाने बताएका छन् ।

सिरिया र उत्तर कोरिया दुई मित्रवत देश भएको बताउँदै असादले किम इल सुङको जन्मजयन्तीको अवसरमा दुवै देशले ठूला देशसँग लडेर जाने बताएका हुन् । उनले विस्तारवादी र दमनकारी नीतिका विरुद्ध संयुक्त रुपले लड्नु पर्ने बताएका छन् ।

सिरियामा अमेरिकाले गरेको मिसाइल आक्रमणका विरुद्धमा उत्तर कोरियाले कडा रुपमा विरोध र भत्र्सना गरेको थियो ।

उत्तर कोरिया र सिरियाले लामो समयदेखि अमेरिकासँग प्रत्यक्ष र अप्रत्यक्ष युद्धको सामना गरिरहेका छन् ।

<