अर्थ-वाणिज्य

शुक्लाफाँटा नगरपालिकामा पशु वीमा बारे अन्तक्रिया

राजेन्द्र पनेरु, कञ्चनपुर, २८ कार्तिक । 
शुक्लाफाँटा नगरपालिका वडा नं ४ मा सोमवार पशु वीमा बारे एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु सेवा शाखा झलारीको आयोजनमा अन्तक्रिया गोष्ठि सम्पन्न भएको हो ।

 

कार्यक्रममा पशु सेवा कार्यालय कञ्चनपुरका बरिष्ठ पशु विकास अधिकृत मदन सिंह धामीले पशु विमा गर्ने तरिका, विमा दावी गर्ने,वीमा गर्दा लाग्ने रकम र वीमा दावी नलाग्ने अबस्था संगै वीमाका फायदाका बारे कार्यक्रमका सहभागीहरुलाई जानकारी दिनु भयो ।

 

घरपालुवा पशु पंछीहरुको जोखिम रक्षावरणका लागि पशु वीमा अनिर्वाय भएको उहाँले बताउनु भयो । पशु वीमा गरेमा व्यवसायको लागि जोखिम कम गर्न, आर्थिक शुरक्षा, ऋण प्राप्त गर्न सजिलो र व्यवासायको निरन्तरता दिन सकिने उहाँको भनाई रहेको थियो । 

 


क्षतिको मुल्यांकनका आधारमा ९० प्रतिशत सम्म क्षतिपूर्ति पाईने भएकाले भविष्यको जोखिम गर्न वीमा गर्नु पर्ने कार्यक्रममा जानकारी गराईयो । पशु वीमा गर्दा सरकारले ७५ प्रतिशत अनुदान दिने र पशुपालकले २५ प्रतिशत रकम वीमा गर्नेले व्यहोर्नु पर्ने हुन्छ ।

 

कार्यक्रमको सभापतित्व पशु सेवा शाखा झलारीका पशु विकास अधिकृत तारादत्त अबस्थीले गर्नु भएको थियो । कार्यक्रममा पशु सेवा केन्द्र पिपलाडीका कृष्णदत्त भट्ट र पशुपालनमा अग्रणी किसानहरुको समेत उपस्थीति रहेको थियो ।
 

<