ताजा खबर

स्थानीय समाचार

रामपुर बहुमुखी क्याम्पस कलकत्तामा त्रिवि द्वारा रावत अध्यक्ष मनोनित 

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २९ चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ०८ कलकत्तामा रहेको रामपुर बहुमुखी क्याम्पसमा त्रिभूवन विश्वविद्यालयले नयाँ अध्यक्ष मनोनित गरेको छ । रामपुर बहुमुखी क्याम्पसमा क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा कलकत्ताकै लाल बहादुर रावतलाई मनोनित गरिएको हो ।

आगामी ३ वर्षका लागि रावतलाई क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा मनोनित गरिएको त्रिभूवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना महाशाखाबाट प्रेषित पत्रमा उल्लेख गरिएको छ । त्रिभूवन विश्वविद्यालयको यही चैत्र २२ गतेको निर्णय अनुसार रावतलाई अध्यक्ष पदमा मनोनित गरिएको योजना महाशाखाका प्रमुख प्राध्यापक डा.ऋदिश कुमार पोखरेलद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

रामपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई बोधार्थ राखि पठाएको पत्र हिजो सार्वजनिक भएको हो । अध्यक्ष पदमा मनोनित हुनुभएका रावत तत्कालिन जनज्योति उच्च माविका प्राचार्यबाट अनिवार्य अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ ।
 

 

<