स्थानीय समाचार

रेडियो बेलौरीको परीक्षण प्रशारण सुरु भएको आज २ वर्ष पूरा, वेबसाइटको नयाँ भर्जन सार्वजनिक

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २९ चैत्र । रेडियो बेलौरीको परीक्षण प्रशारण सुरु भएको आज २ वर्ष पूरा भएको छ । वि.सं. २०७१ साल चैत्र २९ गतेबाट सुरु गरिएको रेडियो बेलौरीको परीक्षण प्रशारण पछि वि.सं. २०७२ जेष्ठ १ गते नियमित प्रशारण सुरु गरिएको थियो । रेडियो बेलौरीले वार्षिकोत्सव कार्यक्रम भने नियमित प्रशारण भएको मितिका आधारमा आयोजना गर्ने गर्दछ । 

यसैगरी परीक्षण प्रशारणको २ वर्ष पूरा गरेको अवसरमा रेडियो बेलौरीले आफ्नो वेबसाइटको नयाँ भर्जन सार्वजनिक समेत गरेको छ । रेडियो बेलौरीको वेब पेज ( http://radiobelauri.org.np/ ) को नयाँ भर्जनमा पहिलेको भन्दा थुप्रै सुविधा र आकर्षक पनि रहेको छ ।

आज रेडियो बेलौरीले नयाँ वर्षको आगमनलाई समेत मध्यनजर राख्दै शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो परीक्षण प्रशारणको २ वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियो बेलौरीका सम्पूर्ण श्रोतावर्ग, विज्ञापनदाता, संस्थापक एवम् शेयर सदस्य, सहकर्मी रेडियो र रेडियोकर्मी तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गरिएको छ ।

रेडियो बेलौरी सम्बन्धी थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । http://radiobelauri.org.np/about.php

<