विविध

अबुधाबीमा सुदूरपश्चिमको महान चाड गौरा पर्व

सुदूरपश्चिम सेवा समाज यूएइको आयोजनामा सेप्टेम्बर एक तारीख शुक्रबारको दिनमा अबुधाबीमा सुदूरपश्चिमको महान चाड गौरा पर्व सुदूरपश्चिमको संस्कृति झल्काउदै धूमधाम सँग बनाइएको छ । सुदूर पश्चिमको बोली, भाषा, सस्कृतिको संरक्षण र सम्बर्धन गर्न सधै अग्रसर सुप समाज यूएइको उक्त गौरा पर्वको कार्यक्रममा लगभग पाँच सय जना जति सुप बासी र गैर सुप बासिको उवस्थिति रहेको थियो। कार्यक्रमको सभापति सुप सेवा समाज यूएइका अध्यक्ष जयराज जोशी र प्रमुख अतिथि नेपाली राजदूताबासका काउंसलर भेष बहादुर कार्की हुनुहुन्थ्यो भने बिशिष्ट अथितिमा नेपालबाट आउनु भएका सुपका बरिष्ट देउडा गायक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद नरेंद्र राज रेग्मी ज्यूँ,प्रसिद्द देउडा गायक महेश आउजी,प्रसिद्द देउडा गायिका पुष्पा बोहरा र अंतरराष्ट्रीय सुदूरपश्चिमेली नेपाली समाजका सहसंयोजक लोकेन्द्र बहादुर बम हुनुहुन्थ्यो ।

 

कार्यक्रममा यूएइमा रहेका संघ सस्था प्रमुख प्रतिनिधि, ब्यापारी,बुद्दिजीबी पत्रकार र कलाकारको उपस्थिति थियो। लक्ष्मण अधिकारी र लोकेन्द्र बम द्वारा संचालन गरिएको उक्त कार्यक्रम मा समाजका उपाध्यक्ष देव क़ुवर ले स्वागत मंतब्य राख्नु भएको थियो।विशिष्ट अथिति अनेसुप समाजका सहसंयोजक लोकेन्द्र बम र प्रमुख अथिति नेपाली राजदूताबसका काउंसलर भेष बहादुर कार्कीले मंतब्य राख्दै सात समुंद्र पारी प्रदेशमा बसेर पनि आफ्नो देश गाउ ठाउ र सुपको बोली भाषा सस्कृतिको लागि सबै सुप बासीलाइ एकजुट बनाई सुपको सस्कृति संरक्षण र सम्बर्धन का लागि गरेको यो कार्य उदाहरणीय र प्रसंसनिय रहेको बताउनु भएको थियो। दिउसो तीन बजे देखी बेलूकी आठ बजे सम्म चलेको यो कार्यक्रम मा सुपको सस्कृति गौराको प्रतिमा सहित स्टेजमा महिला द्वारा बिरड़ा ले पुजा आजा ग़री गौराको फाग गाउदै देउडा खेल्दै गाउँकै झझल्को आएको थियो।

 

कार्यक्रममा सुपको सेती अंचलमा ढाल र तरबार नचाउदै खेलिने अहिले लोप हुने अवस्थामा रहेको भुवा नाच भस्सो पनि प्रदर्शन गरिएको थियो। सुदूर पश्चिम का छलिया नृत्य सहित स्थानीय कलाकारले सबैको मन जितने प्रस्तुति पसकिएका थिए।स्थाईनीय कलाकारमा सूरज शाह सानुकाजी र संगीता बुरलाकोटी को प्रसृतिको सबैले प्रसंसा गरेका थिए भने दर्शक हरुलाई आफ्नो मिठो स्वरले नेपाल बाट आउनु भएका अथिति कलाकार हरुले मन्त्र मुग्ध पार्नु भएको थियो।

 

नेपाली भेष भूषमा गुन्यु चोली लगाएर स्टेजमा उतरीकि चर्चित गायिका पुष्प बोहराले सुरीलो स्वरमा ठाड़ी भाका गाउदा हल सुनसान भएको थियो भने गीत गाई सके पछि तालीको गड़गड़ाहटले हल गुंजीएको थियो। पुष्प बोहराले सबै युवा युवतीलाई निकै बेर नचाउनु भएको थियो। बरिष्ट गायक नरेंद्र राज रेग्मी ले सुप को सस्कृतिको बारे देउडा बारे गीत रिकार्डिंग को पुराणों अनुभव बताउदै सबैलाई नचाउदै देउडा खेलाउनु भएको थोयो । चर्चित गायक महेश औजीले त तहलका मच्चाउनु भएको थियो।आफ्ना मीठा गितले सबैको मन जितेका महेश आउजीले छलिया गीत मा सबैलाई उफार्नु भएको थियो।

 

यसरी सुपको सस्कृति र पहिचान सहित का बिभिन्न प्रश्तूती पछि अथिति कलाकार स्थानीय कलाकार प्रमुख अथिति,अथितिहरु र सम्पूर्ण दर्शक हरु हौसिया देउड़िया सबै ले हात ९बाउली० जोड़ी पाइलो मिलाई सुप को सस्कृति पहिचान देउडा खेल खेलेका थिए। बिरिष्ट गाएक नरेंद्र राज रेग्मी र शिला सिंह बीच भएको देउडामा सबै रमाएका थिए। यसरी सुप समाज यूएई द्वारा आयोजित गौरा पर्व सबै सुप बासिको साथ र सहयोगले सभ्य र भब्य रुपमा सबै दर्शकको मन जित्दै समापन भएको थियो ।

<