विविध

कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

कतार, ७ साउन । छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो । साउदी अरेबिया, इजिप्ट, बहराइन तथा संयुक्त अरब इमिरेट्स युएईले कतारमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।

 

कतारले आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै यी छिमेकी देशले उससँगको सम्बन्ध तोडेका हुन् । तर कतारले भने आफूले कुनै पनि चरमपन्थी समूहलाई आर्थिकसहितका कुनै पनि सहयोग नगरेको बताउँदै आएको छ । टेलिभिजन सम्बोधनको क्रममा राजा अल थानीले आफ्नो देश विरुद्ध गरिएको अभियानको विरोध गर्दै धैर्यताका लागि आफ्ना नागरिकलाई धन्यवाद दिनुभएको छ । समस्याका बारेमा पहिलो पटक सार्वजनिक वक्तव्य दिनुभएका कतारी राजा अल थानीले प्रतिबन्धपछि पनि आफ्नो देशको जनजीवन पहिले जसतै रहेको दाबी गर्नुभएको छ ।


कतार चरमपन्थीसँग लडिरहेको र यो कुनै बाहिरी दबाबका कारण नरहेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले कतार वार्ताका लागि तयार रहेको तर आफ्नो देशको सार्वभौमसत्ताको भने सम्मान हुनु पर्ने बताउनुभएको छ । 

 

<