स्थानीय समाचार

दक्षिणी क्षेत्र जोड्ने सडक हिलाम्य हुँदा जनतालाई सास्ती, योजना प्रमुखसंगको विषेश कुराकानी

हरिश चन्द्र बाग, रेडियो बेलारी, कञ्चनपुर, २७ असार । कञ्चनपुरको दक्षिणी क्षेत्र डोकेबजार देखि बेलौरी–बेल्डाँडी हुँदै दैजी जोड्ने सडकखण्ड र बेलौरी–कलुवापुर सडकखण्ड हिलाम्य हुँदा जनतालाई सास्ती भएको छ ।

सडक निर्माणको ठेक्का पाएको कार्यालयका कर्मचारीले वर्षातको समयमा काम गरे जस्तो गरेर जनतालाई झन सास्ति दिने काम गरेको स्थानीय बासिन्दाको बुझाइ छ । स्थानीय युवा मनोज भट्ट भन्नुहुन्छ, “यसको सुपरिवेक्षण गर्ने कुनै निकाय भए चाडै गरियोस्, सरकारी निकायको यसमा ध्यान जाओस् र स्थानीय सञ्चार माध्यमले पनि यसको बारेमा केही चर्चा गरोस् ।”

यस विषयमा रेडियो बेलौरीको विषेश प्रस्तुति, कार्यक्रम विषेश बहसमा कुराकानी गर्दै हुलाकी राजमार्ग योजनाका योजना प्रमुख तुरुन्त मण्डलले काम ठिकै भइरहेको टिप्पणी गर्नुभयो । निर्माणको काम भइरहँदा केही सास्ती हुने उल्लेख गर्दै उहाँले वर्षातको समयमा माटोपटान गर्दा झन बलियो हुने र अब एक साता वर्षात रोकिने बित्तिकै ग्राभिल गर्ने बताउनु भयो ।

प्रस्तुत छ, यसै विषयमा हुलाकी राजमार्ग योजनाका योजना प्रमुख तुरुन्त मण्डलसंग गरिएको विषेश कुराकानी ।।

http://radiobelauri.org.np/uploads/audio/35.Turunt%20Mandal%20@%2003-26.mp3

<