स्थानीय समाचार

निर्वाचनलाई मर्यादित बनाउन कञ्चनपुरको पुनर्वासमा संयुक्त बैठक सम्पन्न

किशोर कु.तामाङ, कञ्चनपुर, ३ असार । प्रदेश नं. ७ कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा स्थानिय तह निर्वाचनका लागी सबै राजनीतिक दलहरुबाट उम्मेदवारीको टुङगो लागी सके पश्चात पुनर्वास नगरपालिकामा चुनावी चहलपहल बढ्न थालेको छ । उम्मेदवारीहरुको टुङगो लागिसके पश्चात यस क्षेत्रको निर्वाचन प्रक्रियालाई मर्यादित ,भव्य तथा सभ्यका साथ सम्पन्न गर्नका निम्ति गत बुधबार पुनर्वास नगरपालिका निर्वाचन अधिकृत रमेश गौतम ज्यूको अध्यक्षतामा तिनै तहका सुरक्षा निकाय सर्वदलिय प्रतिनिधि र निर्वाचन आयोग कार्यालयका कर्मचारीहरुको संयुक्त बैठक बसी अगामी चुनावी रणनिती र उम्मेदवारी मनोनयन ब्यवस्थापन बारे छलफल गरिएको छ ।
बैठकमा पुनर्वास नगरपालिकका कार्यकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत अर्जुनसिह कार्की, ईलाका प्रशासन अधिकृत नगेन्द्र प्रसाद जोशी,ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दलराम टमाटा, सशस्त्र सिमा सुरक्षा बलका प्रहरी नायव उपरिक्षक सुरेश खतिवडा, नेपाली सेनाका सेनानी(मेजर) कृष्णहरी ढकाल, सर्वदलिय संयन्त्रका प्रतिनिधीहरु याम प्रसाद पौडेल,लक्ष्मण कुमाल(माईकल),विजय हमाल,मोहनलाल राना,कुवेर नाथ,कविराम तामाङ,बुद्धिमाया तामाङ,स्थिर प्रसाद घिमिरे लगायत प्र.ना.निरिक्षक लक्ष्मण बि.क.,निर्वाचन आयोगका लेखापाल जनक कुमार चौधरी ,नि.अ.कार्यालय सहायक कर्मचारी ओमनाथ ढकाल र लालमन तामाङ लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

निर्वाचनलाई मर्या्िदत बनाउनका लागी स्थानिय तह निर्वाचन आयोगले तयार गरिएको निर्वाचन आचार सहिताको पालना गरि आफ्नो मतहतमा रहेका सबैमा लागु गर्न निर्वाचन अधिकृत गौतमले तीन वटै तहका सुरक्षा निकाय र सर्वदलिय प्रतिनिधीहरुमा अनुरोध गर्नुभयो ।

स्थानिय तहको निर्वाचनका लागि पुनर्वास नगरपालिका ३१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भन्दै हामी सबै जना स्थानिय तह निर्वाचनलाई मर्या्िदत ढ्ङबाट सम्पन्न गर्ने एउटा माध्यम हो त्यसैले आचारसंहिताको धरातलमा टेकी आ–आफ्नो क्षेत्रमा ईम्मानदारीताका साथ लागि दिनुहुन निर्वाचन सहायक अधिकृत एवम् पुनर्वास नगरपालिका कार्यकारी अधिकृत अर्जुनसिंह कार्किले सबैमा आग्रह गर्नुभयो ।

पुनर्वासको स्थानिय तह निर्वाचनलाई मर्या्िदत बनाउनका निम्ति सम्पुर्ण राजनीतिक दलहरुको निर्वाचन आयोगको आचार संहिताको पालना गर्दै सम्पुर्ण आफ्ना उम्मेदवार र कार्यकर्ताहरुलाई संयमित तुल्याउदै र प्रतिनिधिहरु मार्फत अनुसुची १ उम्मेदवारको मनोनयन दर्ता गर्नेकुरामा सहमती जनाउदै सुरक्षाको दृष्टिकोणले मनोनयन दर्तामा नेपाल प्रहरीको सहयोगमा अघि बढ्ने भनी सामुहिक मैनेटिङ गरि हस्ताक्षर गरिएको छ ।
मनोनयन दर्ता निर्वाचन आचारसंहिता अनुरुप गरिने कुरामा विश्वस्त रहन सर्वदलिय प्रतिनिधीहरुको तर्फबाट नेपाली कांग्रेसका नगर प्रतिनिधि यमप्रसाद पौडेलले बोल्नुभएको थियो भने आचार संहिताका मूलभूत सिद्धान्तका् जटिल बिषयवस्तुबारे ने.क.पा. एमाले नगर अध्यक्ष स्थिरप्रसाद घिमिरेले निर्वाचन अधिकृत सामु प्रश्न सोध्नुभएको थियो ।

अहिले पुनर्वास नगरपालिकामा नेपाली सेनाको क्याम्प, सशस्त्र प्रहरी परिचालन र थप सुरक्षा व्यवस्था कडा बनाउनका लागि नेपाल प्रहरी र म्यादि प्रहरी खटाईएको र निर्वाचनलाई मर्या््िदत तथा व्यवस्थित बनाउन र पुनर्वासमा कुनै अप्रिय घटना घट्न नदिन सुरक्षा व्यवस्थामा कडाई पारिएको साथै निर्भयका साथ जनताले आफ्नो मतअधिकार प्रयोग गर्ने बतावरण सिर्जना गरी पुनर्वासको चुनावी प्रक्रियलाई जिल्लाकै उत्कृष्ठ र नमुना मतदान क्षेत्र बनाउनेमा आफुले नेपाली सेनाका मेजर ,सशस्त्रका डि.एस.पी. र प्रहरी प्रमुखसंग कोर्डिनेसन गरी कार्यन्वयन गर्नका निम्ति आग्रह गरेको ईलाका प्रशासन अधिकृत नगेन्द्र प्रसाद जोशीले साझा पत्रिकालाई जानकारी दिनुभयो ।

निर्वाचनलाई भयमुक्त र धाँधलीरहित बनाउन निर्वाचनमा तीन तहको सुरक्षा योजना बनाएको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने केन्द्रीय सुरक्षा परिषदको निर्णय छ । मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटिनेछन् । सोही निर्दे्िशका अनुसार पुनर्वासमा ३ तहका सुरक्षा निकाय पुगिसकेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको भवानीवक्स गणमा तैनाथ नेपाली सेनाको ९६ जनाको टोली १ महिना अघिनै सेनानी (मेजर) कृष्णहरी ढकालको कमाण्डमा पुनर्वासमा पुगी स्थानिय निर्वाचनको गतिविधी बारे निगरानी राखिराखेका छन । पुनर्वास नगरपालिका अन्तर्गत रहेको बिचफाँटा देखी ढक्का र डोकेबजार सम्म आफुहरुले निगरानी राखिरहेको र बेलौरी क्षेत्रमा पनि सेनाको टोलि पुगी सकेको अधिकृत सेनानी ढकालले जानकारी दिनुभयो । पुनर्वास नगरपालिकाको स्थानीय निर्वाचनमा सुरक्षार्थ स्वयंम आफु कटिवद्ध भएर पेट्रोलिङमा खटि चुनावलाई बिथोल्नका लागी लागि परेका तत्वहरुलाई नेपाल सरकारले दिएको अधिकार क्षेत्रभित्र रहि निष्क्रिय बनाउन आफु पछि नपर्ने बताउदै हाल आफनो मातहतमा रहेको नेपाली सेनालाई दुई समुहमा विभाजन गरि पुनर्वासमा हुनसक्ने निर्वाचन विरोधीहरुको गतिविधि र सम्भावित घटनाहरु प्रति गम्भीर भएर गस्ती दिई रहेको जानकारी मेजर ढकालले दिनुभयो । 
त्यसैगरी मंगलबार बेलुका मात्र सशस्त्र सिमा सुरक्षा बल शिशुका कञ्चनपुरको टोलीपनि पुनर्वासमा पुगेको छ । स.प्र.ना.उ. सुरेश खतिवडाको कमाण्डमा स्थानिय चुनावलाई लक्षित गरी सुरक्षार्थ तैनाथका लागी एक हजार भन्दा बढी सशस्त्र प्रहरी पुनर्वासमा पुगी निगरानी दिन थालीसकेको छ । पुनर्वासको निर्वाचनलाई धाँधली र भयरहीत तुल्याउनका निम्ति स्थानिय वुद्धिजिवि,सर्वदलिय संयन्त्रका पार्टी प्रतिनिधीहरुसंग सकारात्मक कुराहरुमा समन्वय गर्दै अघि बढ्ने र चुनावी क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न भई निर्वाचनलाई बिथोल्न खोज्नेहरुलाई कुनै हालतमा नछोड्ने तिनीहरुलाई कानुनी कठघरामा खडा गरी कानुनी उपचार गर्न लगाउने कुरा  स.प्र.ना.उ. खतिवडाले बताउनुभयो । 

ईलाका प्रहरी कार्यालय पुनर्वासले स्थानिय तहको निर्वाचनमा  संवेदनशील भएर चुनाव विरोधी गतिविधिहरुको निगरानी राख्दै आ,फ्नो मातहतमा रहेका म्यादी प्रहरीहरुलाई साथमा लिएर पुनर्वास नगरपालिकाको हरेक ठाउँमा पुगि सुरक्षा व्यवस्था मजबुत बनाईरहेको प्रहरी निरिक्षक दलराम टमाटाले बताउनु भयो । आईतबारमा हुने निर्वाचन उम्मेदवारी मनोनयन दर्तालाई सुरक्षाको दृष्टिकोणले कसरी सहजपुर्ण वातावरणमा सम्पन्न गराउने भन्ने कुरामा सम्पुर्ण राजनिती दलहरु संग सहकार्य र समन्वयन गरी अघि बडी रहेको कुरा निरिक्षक टमाटाले जानकारी गराउनुभयो ।

निर्वाचनका लागी उम्मेदवारी मनोनयन दर्ताको समय आईतबार बिहान ८ बजे देखी ४ बजे सम्म पुनर्वासको निर्वाचन आयोगको कार्यालय (साविक त्रिभुवन गा.बि.स.हल) मा गर्न सकिने व्यवस्था मिलाइएको छ । उम्मेदवारी दर्तामा प्रस्तावित र समर्थक दुवैको उपस्थिती हुनुपर्ने छ । तर आफुले सो कार्यलाई सहज बनाउन उम्मेदवारी मनोनयन दर्ता फाराम राजनितीक दलहरुलाई बाँडी सकेको छ । उम्मेदवारी मनोनयन दर्तामा ५७ जनाको उम्मेदवारी दर्ता सिट रहेकोमा  पुनर्वासभित्र रहेका सम्पुर्ण राजननीतिक दलहरु सहभागी हुने कुरामा आफु विश्वस्त  रहेको निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।
मनोनयन दर्ता भए लगतै आफ्नो टीमले  मनोनयन दर्ता भएका उम्मेदवारहरुको सुची प्रकाशन गर्ने कार्य थलनी गर्नुपर्ने भएको हुदाँ निर्वाचन आयोगको आचारसंहिताको पालना गर्दै सो मनोनयन दर्ता कार्यलाई शान्तिपुर्ण ,भयरहित तुल्याउन सम्पुर्ण राजनितीक दल, सुरक्षा निकाय र मिडियकर्मीहरुमा निर्वाचन अधिकृत रमेश गौतमले अनुरोध समेत गर्नुभएको छ  ।

<