"Voice Of All Listener"
उदयदेव मिडिया प्रा.लि. द्वारा सञ्चालित
रेडियो बेलौरी १०५ मेगाहर्ज
बेलौरी न.पा.–६, क्याम्पस रोड, कञ्चनपुर, नेपाल
फोन नं.– ०९९–५८०२७०
E-Mail:- radiobelauri@gmail.com
Website:-www.radiobelauri.org.np
क– रेडियो बेलौरीको परिचय
आजको युग सूचना र सञ्चारको युग हो । सूचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रुपमा व्यवस्था गरिएको हुन्छ । ग्रामीण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सूचित बनाउदै सचेत नागरिक विकास नभए सम्म समाजको विकास सम्भव छैन । सार्वजानिक सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन, तालिम, छलफल, लगायत प्रवद्र्धनात्मक अभियानमा रेडियो बेलौरी केन्द्रित छ । शिरमा अपि र सैपाल हिमाल, काखमा महाकाली नदि र सेति नदी तथा उदयदेव, मेलौली, उग्रतारा, शैलेश्वरी, गोदावरी मन्दिर र सिद्दनाथ बैजनाथ मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा एवं विभिन्न दलित, आदिवासि जनजातिहरु सहितको बासस्थान भएको कञ्चनपुर जिल्ला सुदूरपश्चिमको दक्षिण पश्चिममा पर्दछ ।
यो उदयदेव मिडिया प्रा.लि. द्वारा सञ्चालित २०७१ सालमा सूचना तथा सञ्चार मन्त्रालय काठमाण्डौँमा दर्ता गरिएको सामुहिक रेडियो होे । २०७१–१२–२९ गतेबाट परीक्षण प्रशारण सुरु गरी २०७२–०२–०१ गते कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित संबिधान सभा सदस्य एवम् माननीय सिचाइँमन्त्री एन्.पि. सावदको प्रमुख आतिथ्यतामा उद्घाटन भई नियमित प्रशारण सुरु गरेको यस रेडियो स्टेशनको क्षमता १०० वाट रहेको छ । १०५ मेगाहर्ज फ्रीक्वेन्सी रहेको रेडियोको प्रशारण केन्द्र कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नंं.–६, क्याम्पसरोड नजिक रहेको छ ।
ख– रेडियो बेलौरीको प्रसारण क्षेत्र र श्रोता सङख्या
बेलौरी कञ्चनपुरमा रहेको यस रेडियोको प्रसारण ४ वटा डायपोल भएको एन्टेना जडान गरिएको १ सय वाट क्षमताका साथ मिति २०७१–१२–२९ गतेबाट परीक्षण प्रसारण शुरु गरी २०७२–०२–०१ गतेबाट दैनिक १८ घण्टा नियमित सेवा प्रसारण गर्दै आएको छ । कञ्चनपुर, कैलाली, डडेल्धुरा र डोटी जिल्लाको पुरै क्षेत्र, बैतडी, दार्चुला, बाजुरा, अछाम, बझाङ, दैलेख, र सुर्खेतको केही क्षेत्रसम्म, यस्तै नेपालीहरुको बाहुल्यता रहेको भारतिय भू–भाग उत्तराखण्ड र उत्तरप्रदेश लगायतका सीमा क्षेत्रमा पनि रेडियो बेलौरी फ्रीक्वेन्सी मोडुलेशनको १०५ मेगाहर्जमा प्रशारण सुन्न सकिन्छ । २०७२ भाद्र ०१ गते सम्मको आँकडा अनुसार यस रेडियोका १५ लाख भन्दा धेरै नियमित श्रोता रहेको अनुमान गरिएको छ।
ग– रेडियो बेलौरीको लक्ष्य
रेडियो बेलौरीले समाजको सर्वांगीण विकासलाई ध्यानमा राखी आफ्नोे लक्ष्य निर्धारण गरेको छ । लोकतान्त्रिक विकासका लागी अत्यावस्यक पारदर्शी, विभेद रहित, सुशासित, लोक कल्याणकारी र सम्वद्ध समाजको निमार्ण गर्ने लक्ष्य रहेको छ ।
घ– रेडियो बेलौरीका उद्देश्यहरु
नयाँ नेपालको परिकल्पनाका रुपमा रहेको राष्ट्रिय तथा स्थानिय कला, साहित्य ,संस्कृति, राजनैतिक, शैक्षिक ,खेलकुद, सामाजिक, आर्थिक र स्वास्थ्यका क्षेत्रमा चेतना र विकाशका लागि शसक्त ढंगले अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यमहरु शहरमुखी र केन्द्रमुखी भई अगाडि बढिरहेको अवस्थामा हामीले ग्रामीण एवं शहरोन्मुख भेग र पिछडिएका समुदायहरुमा चेतनाको लहर ल्याई स्थानिय स्रोत र साधनको पुर्ण रुपमा प्रयोग गरी समाजलाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने कटिबद्धताका साथ रेडियो बेलौरी १०५ मेगाहर्ज संचालनमा ल्याएका हौँ ।
एक पछि अर्को नयाँ कार्यक्रम संचालन गर्दै आइरहेको रेडियो बेलौरीकोे उद्देश्य कञ्चनपुर जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने पनि हो । त्यसैलाई साकार पार्न रेडियो बेलौरीले जिल्लाका गतिविधि, विभिन्न जातजाति, धर्म, वर्ग, लिंग, क्षेत्र र प्राकृतिक स्रोत र स्वच्छ राजनितिक गतिविधिका वारेमा जानकारी गराउने उद्देश्यका साथ जिल्लाको दक्षिणी भेगमा पहिलो पटक सामुहिक एफएम स्थापनाका लागि सञ्चालन इजाजत प्राप्त गरेको थियो ।
समाचार, संगीत र स्वस्थ मनोरञ्जनका लागि स्थापित भएको रेडियो बेलौरी १०५ मेगाहर्जले आफ्नो प्रशारण उपकरण तथा स्टुडियो समेत अत्याधुनिक पूर्ण डिजिटल र विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरी निर्माण गरेको कारणले गर्दा पनि यसको प्रशारण टाढा टाढा सम्म स्पष्ट सुनिएको हो , जसको कारण हामी गुणस्तरिय, परिमार्जित, परिष्कृत एवम् सर्वस्वीकृत कार्यक्रम प्रशारण गरी उत्कृष्ट सेवा दिन सक्छौँ भन्ने यहाँहरुलाई विश्वास दिलाउन चाहान्छाँै ।
‘सम्पूर्ण श्रोताको आवाज’ नारा लिएको यस रेडियोले आफ्नो लक्ष्य प्राप्त गर्न निम्न उद्धेश्यहरु लिएर अगाढि बढि रहेको छ ।
१. कञ्चनपुर जिल्लाको स्थानिय निकाय तथा सरकारी कार्यालयहरुले सम्पादन गर्ने विकास निमार्णका काम तथा त्यसले समाजमा पारेका प्रभाव र असलशासनका लागि पैरवि गर्ने ।
२. खुल्ला राजनिति र सहभागिता मुलक विकासका लागि जनमत तयार पार्ने ।
३. नेपाली परम्परा, संस्कृति, कला तथा धार्मिक संरक्षणका लागि महत्वपूर्ण योगदान पु¥याउने ।
४. प्राकृतिक सम्पदा, मठमन्दिर तथा अन्य परम्परागत रीतिरिवाज तथा पर्वहरुको प्रचारप्रसार गरि पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने ।
५. समाजमा महिला,बालवालिका तथा अल्पमतमा परेका अशिक्षित असहाय तथा विपन्न वर्गको पहिचान तथा तिनीहरुको उत्थानका लागि सहयोग गर्ने ।
६. आधुनिक प्रविधिका प्रयोग तथा आधुनिक कृषि प्रणालीको बारेमा जानकारी गराई कृषि पेसालाई आधुनिक बनाउने ।
७. नयाँ उत्पादन प्रविधि तथा त्यसको बजारका लागि जानकारी गराउने ।
८. सहि, सन्तुलित अनि विश्वस्नीय समाचार प्रशारण गरी समाजलाई सूचना जगतमा उल्लेखनीय योगदान पु¥याउने ।
९. समाज परिबर्तनका लागि मानवअधिकार सम्बन्धी बिभिन्न कार्यक्रमहरु प्रसारण गर्ने ।
१०. बिभिन्न उपयोगी शिक्षामुलक कार्यक्रमहरुको उत्पादन र प्रशारण गर्ने ।
११. स्वस्थ समाज निर्माणको लागि स्वास्थ्य सम्बन्धी बिभिन्न कार्यक्रमहरु उत्पादन र प्रशारण गर्ने ।
१२. अन्य खोजमुलक तथा मनोरञ्जनात्मक कार्यक्रम संचालन गरी सहयोग पु¥याउने ।
ङ– रेडियो बेलौरीका प्रतिबद्धता
यो प्राइभेट संस्थाको मातहतमा रही संचालन भए पनि समुदायको पहँुच बढाउन समुदायलाई समेत सदस्यता प्रदान गरि यसको एउटा छुट्टै साधारण सभा गठन गरी संचालन गरिएको छ । जुन मुनाफाको भावना भन्दा सेवाको भावनाबाट संचालन गरिने छ । रेडियोले विभिन्न कार्य तथा क्षेत्रबाट आम्दानी गरे वापत प्राप्त हुने लाभांश कुनै व्यक्ति विशेष वा सदस्यलाई दामासाहीमा बाडिने छैन । सो रकम स्टेशन, सदस्य तथा कर्मचारीको क्षमता विकासको लागि पनिखर्च गरिने छ । सामुहिक रेडियो बेलौरीे आफ्ना लक्ष्य र उद्देश्य प्रति प्रतिबद्ध छ । समाजको प्रगति र समृद्धीका लागि रेडियो बेलौरीे निम्न कुरामा प्रतिबद्धता व्यक्त गर्दछ ।
१. आधारभुत तहमा पारदर्शिता र सु–शासन बिना समाजले अग्रगति पाउँदैन । समाजको अग्रगमन सम्झौता रहित शर्त हुनु पर्दछ ।
२. खुल्ला र प्रतिस्प्रर्धी समाज, कानुनी राज्य र समानता नभए कसैको भलो हुँदैन । समाजको व्यापक हितको लागी रेडियोका कार्यक्रमहरु लक्षित हुनुपर्छ ।
३. निष्पक्षता, सन्तुलन र सहीपन आधुनिक पत्रकारिताका मुलभूत सिद्धान्त हुन् । यिनै सिद्धान्तको मातहतमा रही रेडियोको सञ्चालन हुनुपर्छ ।
च– रेडियो बेलौरीको प्रशारणमा भाषागत संयोजन
रेडियो बेलौरी राष्ट्रिय भाषा नेपालीलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा मान्दछ साथै स्थानीय भाषा तथा भाषिकाहरुको संरक्षण र विकासका लागी सञ्चार माध्यमले जिम्मेवारीपूर्ण तरिकाले भुमिका खेल्नुपर्छ भन्ने मान्यता राख्दछ । नेपाली भाषालाई प्रशारणको मूल भाषा बनाएर स्थानीय भाषा डोटेली र रानाथारुमा कार्यक्रमहरु प्रशारण भइरहेका छन् ।
प्रस्तुतकर्ता
रेडियो बेलौरी १०५ मेगाहर्ज, बेलौरी ०६ कंचनपुर
